बम भनी डिस्पोज गर्न खोज्दा बासी भात भेटिएपछि…

मोरङ । प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन आज मोरङको सुन्दरहरैचा नगरपालिकामा कुकर बम भनी डिस्पोज गर्न खोज्दा बासी भात भेटिएको छ । सर्वसाधारणलाई तर्साउनका लागि बनाइएको बम नक्कली कुकर बम भएको खुलासा भएको हो ।

बिहीबार बिहान सुन्दरहरैचा नगरपालिका(७ स्थित बेलगाछीमा कुकर बम राखिएको फेला परेको हो तर डिस्पोज गर्न चेक गर्दा बासी भात भेटिएको छ । एक प्रतत्यक्षदर्शीले भने, बिहीबार बिहान सुन्दरहरैचा नगरपालिकामा कुकर बम फेला पर्यो भनेर हल्ला चल्यो, स्थानीयबासीहरु त्रसित भए । पुर्व(पश्चिम राजमार्ग समेत केही समय अवरुद्द भयो । तर बम फेला परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकरभित्र बासी भात भेटियो।

कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो । तर भात भेटिएपछि डिस्पोज टोली नै छक्क पर्यो । बम भनिएको उक्त बस्तु हटाइएपछि अवरुद्द राजमार्ग खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार