सरकारले गर्यो सचिवहरुको सरुवा को कहाँ ?

सरकारले केहि सचिवहरुकोे सरुवा र केहिको बढुवा समेत गरेको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा, कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयमा पदस्थापन गरिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव केदार न्यौपानेलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा र उनको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई कायममुकाम बनाइ प्रमुख सचिवमा पदस्थापन गरिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रकाशसकीय अधिकृत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको रुपमा पदस्थापन गरिएको छ ।
त्यस्तै अतिरिक्त समूहमा सचिव रहेका डा। हरि पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिवमा र राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको रुपमा पदस्थापन गरिएको छ भने संचार मन्त्रालयका सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरी प्रदेश नम्बर ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा प्रमुख सचिवकको रुपमा पदस्थापन गरिएको छ ।

त्यस्तै केवल भण्डारीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार