प्राधिकरणमा राजनिति गर्ने माथि कुलमानको कडा एक्सन, अटेर गरे कारबाहि

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण मा राजनिति गर्ने माथि कडा कदम चालेका छन् ।

कार्यकारी निर्देशक घिसिङले बिहीबार परिपत्र जारी गर्दै आधिकारिक ट्रेड युनियको चुनावमा ट्रेड युनियनलाई कार्यालयरआयोजनाको गाडी प्रयोगमा रोक लगाएका छन् ।निर्वाचन प्रायोजनका लागि सामान्य सेवा विभागबाट उपलब्ध गराएको सवारी साधनबाहेक कुनै पनि ट्रेढ युनियनलाई गाडी उपलब्ध नगराउन निर्देशन दिएका हुन् ।

कसैले गाडी उपलब्ध गराएमा विभागीय कारवाही गर्ने चेतावनी पनि घिसिङले दिएका छन् । प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको चुनाव १९ वैशाखमा हुँदैछ । चुनावमा नेकपा निकट राष्ट्रिय कर्मचारी युनियन र नेपाली काँग्रेस निकट कर्मचारी संघबिच मुख्य प्रतिश्पर्धा हुने छ ।

‘चुनावी प्रायोजनका लागि समान्वय सेवा विभागबाट उपलब्ध गराइएको सवारी साधनबाहेक त्यस निर्देशनालय र अन्तर्गतका कुनै पनि कार्यालयरआयोजनाहरुबाट कुनै पनि सवारी साधन कुनै पनि ट्रेड युनियनलाई उपलब्ध नगराउने, निर्देशा विपरित काम कारबाही भए गरेको पाइएमा सम्बन्धितलाई विभागीय कारबाही गरिने छ’, निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार