काठमाडौमा देखियो अनौठो बिवाह

बिवाह भन्ने बित्तिकै तपाईको दिमागमा कस्तो चित्र आउँछ ? चलन चल्तीको बिवाह भन्दा अलिक फरक बिवाहको दृश्य देखियो बिहीबार राष्ट्रिय नाचघरको प्रेक्षालयमा । स्टेजमा अतिथी, हलभरी दर्शक कुनै अरुनै कार्यक्रम जस्तो छनक तर थियो दुई साहित्यकार बलराम दाहाल र भैरवी ढुंगानाले कृति विमोचन कार्यक्रममै बिबाह समारोह ।

दाहालको कविता संग्रह ‘भाडा नलाग्ने कोठा’ र ढुंगानाको ‘अस्वीकृत शालिनता’ लोकार्पणसँगै दुबैले बैबाहिक जीवनमा बाँधिएको घोषणा गरे । झण्डै एक दशकदेखि प्रेम सम्बन्धमा रहेका कविद्धयले जुनखालको बैबाहिक कार्यक्रम प्रस्तुत गरे धेरैले त्यसको प्रशंशा गरे ।

कृति विमोचन समारोह चल्दै थियो सञ्चालको अनुरोधमा दुबैले स्वयंबर गरे, माला साटासाट गरे । बलराम र भैरवीको बिबाह धेरैलाइ सरप्राइज थियो भने केहीलाइ जानकारी थियो ।

समारोहमा सत्यमोहन जोशी, पूर्वमन्त्रीद्वय महेन्द्र पाण्डेय र आनन्द पोखरेल, प्रा।डा। वासुदेव त्रिपाठी, प्रा। राजेन्द्र सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्रतिष्ठानका सदस्यसचिव जगत प्रेक्षित, सांसद जीपछिरिङ लामालगायतले दाम्पत्य जीवनको शुभकामना व्यक्त गरे ।

शुभकामना लगत्तै सिन्दुर पोतेको काम भयो । दाहाल दोलखाका हुन भने भैरबी नुवाकोटकी हुन ।

प्रतिक्रिया

सम्बन्धित समाचार