कस्तो हुन्छ आजको देशभरको मौसम? यि ठाउँमा चट्याङ्गको पनि सम्भावना

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आन देशभरका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहे पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पहाडी क्षेत्रका थोरै ठाउँमा अपराहन्न वा बेलुका मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना छ ।

यस्तै चट्याङ्ग पर्ने सम्भावना पनि रहेको मौसमविदको भनाई छ । राति पनि पहाडी क्षेत्रमा आंशिक बदली तथा अरु ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार