आफुलाई कालो झण्डा देखाए पछि के भने प्रधान्मन्त्रीले ?

प्रधानमन्त्री केपी शर्मा ओली बुटवलको जीतगढीमा भाषण गरिरहेका बेला रुद्र प्रसाद घिमिरे नाम गरेको एक व्यक्तिले कालो झण्डा देखाए पछि प्रधानमन्त्री ओलीले कसैबाट परिचालित भएर कालो झण्डा देखाउँदैमा केहि फरक नपर्ने प्रतिक्रिया दिएका छन् ।

सुरक्षाका लागि ५ तहको घेरा बनाइएको थियो । तर एक्कासी एक युवा पत्रकारहरु बसीरहेको स्थानतिर पगेर ती व्यक्तिले नारा लगाउँन थाले पछि ओलीले भाषण गर्दागर्दै रोकेर सुरक्षाकर्मीको ध्यानाकर्षण गराएका थिए । ुकालोझण्डा देखाइरहेको छ, प्रहरी कहाँ छु प्रधानमन्त्रीले यसो भनेपछि प्रहरीले घिमिरेलाई नियन्त्रणमा लिएको थियो ।

कार्यक्रमस्थलमा नेपाल प्रहरी, शस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान ब्युरो र नगरप्रहरीले सुरक्षा दिएको थियो । कार्यक्रमका लागि १ सयभन्दा बढी स्वयंसेवक खटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार