बालुवाटार प्रकरणमा नयाँ मोड, डाक्टर साप राजिनामा दिएर टाप

वालुवाटारको सरकारी जग्गा प्रकरण पेचिलो बन्दै गएको छ । यही प्रकरणमा जोडिएका मालपोतका कर्मचारीहरुको भागाभाग छ । यस्तै यही प्रकरणमा जोडिएका एक जना बैंकका संचालकले राजीनामा दिएका छन् । सरकारी जग्गा ब्यक्तिका नाममा सार्न महत्वपूर्ण भूमिका खेलेको आरोप लागेका डा। शोभाकान्त ढकालले कुमारी बैंकबाट राजिनामा गरेका छन्।

उनी कुमारी बैंकको सञ्चालक समिति सदस्य हुन्। उनले त्याहाँ सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गरेका थिए। वालुवाटारको जग्गा ब्यक्तिको नाममा दर्ता गरेको आरोप उनीमाथि छ।

भूमाफियालाई प्रयोग गरेर सरकारी जग्गा हत्याउने मिन बहादुर गुरुङका व्यवसायिक पार्टनर शोभाकान्त ढकालले राजीनामा दिएका हुन । वालुवाटारको ११३ रोपनी सरकारी जग्गा आफ्नो बनाउन सहयोग गरेका नेकपाका महासचिव विष्णु पौडेललाई ८ आना बक्सिस दिएका ढकाल यो प्रकरणमा मुछिएपछि कुमारी बैंकका संचालक शोभाकान्त ढकालले पदबाट राजीनामा दिएका हुन् ।

कुमारी बैंकको गत शुक्रबार बसेको वोर्ड वैठकले ढकालको राजीनामा स्वीकृत समेत गरेको बैंकले जनाएको हो । प्रधानमन्त्री निवास बालुवाटारको जग्गा ब्यक्तिको नाममा ल्याउने गिरोह मध्येका ढकाल कुमारी बैंकमा सर्वसाधारणको तर्फबाट संचालक रहँदै आएका थिए । नेकपा नेता विष्णु पौडेल र आफ्नी श्रीमती उमा ढकालको नाममा रहेको ठूलो कित्ता शेयरको बलमा ढकाल कुमारी बैंकको संचालक बन्दै आएका थिए ।

स्याङ्जा पञ्चमूलको सामान्य परिवारका ढकालको मूख्य पेशा नै जग्गा दलाली हो भने राजनीतिक ब्यक्तिहरुको पहुँच मार्फत उनले सरकारी जग्गाहरु हडप्ने गरेको खुलासा बालुवाटार जग्गा काण्डपछि पर्दाफास भएको हो । श्रोतका अनुसार उनी बिष्णु पौडेलका नातेदार पनि हुन्। कुमारी बैकमा पौडेलको अप्रत्यक्ष बिसौ करोड लगानी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार