माओवादी खोज्दै विवादास्पद व्यापारी ढकालले सिंहदरबार मा ३ फन्को मारेपछि …

स्वीस बैंकमा अवैध रकम राखेको प्रकरणमा मुछिएका विवादास्पद व्यापारी चन्द्र ढकालले माओवादी पृष्ठभूमि भएका नेताहरू खोज्दै सिंहदरबार पुगेपछि कर्मचारीहरु नै आश्चर्यमा परेका छन् ।
मंगलबार दिउँसो सिंहदरबार पुगेका ढकाल माओवादी संसदीय दलको कार्यालय खोज्दै थिए । ढकालले माओवादी पार्टी नै छैन भन्ने कुरा भुलेका रहेछन् ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० पार्टी गठन भइसकेको छ । पार्टी मिलेको कुरा पनि चाल नपाउने व्यापारी ढकालको चर्तिकलाबाट प्रत्यक्षदर्शीहरू नै अचम्मित परेका थिए ।

विवादास्पद व्यापारी ढकाल सिंहदरबारमा माओवादी खोज्दै किन पुगेका हुन् रु कसैले केही भनेका छैनन् । ढकाललाई संसद सचिवालयका मर्यादापालकहरूले रोकेर सोधपुछ गरेका थिए । ढकालले आफू सामान्य व्यक्ति भएको भन्दै परिचय लुकाएका थिए ।

तर, ढकालसँग रहेका दुई जना सुरक्षाकर्मीले ढकाललाई ठूलो मान्छे भनेर मर्यादापालकहरूलाई सम्झाइरहेका थिए । मर्यादापालकहरूले ढकाललाई आगन्तुक रजिस्टारमा नाम र ठेगाना लेख्न लगाएपछि मात्रै छाडेका थिए ।

ढकालले मर्यादापालकहरूसँग माओवादीको संसदीय दलको कार्यालय कता हो रु भनेर सोधेका थिए । मर्यादापालकहरूले माओवादीको पहिलाको संसदीय दलको कार्यालय दुई नम्बर बिल्डिङमा रहेको जानकारी गराएपछि ढकाल उतैतिर लागेका थिए ।

आफ्नो व्यापारलाई मात्रै ध्यान दिँदै आएका ढकालले नेपाली मुद्रा स्वीस बैकमा राखेको भन्दै खोज पत्रकारीता केन्द्र ९खोपके० ले सार्वजनिक गरेको नेपालिक्समा उल्लेख थियो ।

ढकालले इन्टरनेशन मनी एक्सप्रेस ९आईएमई० यूकेमा दर्ता गरी भाई हेमराज, दुई बेलायती नागरीक र दुई गैरआवासिय नेपालीको नाममा कम्पनी चलाएको खुलासा भएको थियो ।

त्यस्तै आईएमई होल्डिङ नामक कम्पनी पनि खोलेका थिए । चन्द्रागिरी केबलकार सञ्चालन गर्दै आएका ढकालले वनको जग्गामा रिसोर्ट बनाएर सरकारलाई चुनौती दिएका छन् ।

शक्तिको अगाडि पछाडि कुद्ने ढकालको सिंहदबार प्रवेशले ठूलो आशंका उब्जाइदिएको छ ।

केही दिन अगाडि ढकालले चन्द्रागिरीमा रहेको आफ्नो रिसोर्टमा लगेर प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहालसहितका नेकपाका शीर्ष नेताहरूलाई राखेका थिए ।

ढकालको रिसोर्टमै नेकपाको पार्टी समायोजन सम्बन्धी भागबण्डा मिलेको थियो । तर, अहिले ढकाल किन सिंहदरबार धाए त रु त्यसमा पनि उनले माओवादीे संसदीय दलको कार्यालय खोजेपछि रहस्य झन् गहिरो बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार