यस्तो रहेछ भाइरल फोटोको वास्तविकता

एक नवविबाहिता दम्पत्तीले सरकारी गाडि दुरुपयोग गरेर फोटो सुट गरको तस्बिर भाइरल भए पछि हाल त्यसको वास्तविकता खुलेको छ । तस्बिरमा देखिने सरकारी नम्बर प्लेटको बा २ झ १६५० नम्बरको स्करपीयो सिन्धुपाल्चोक स्थित मेलम्चि नगरपालिकाका मेयर डम्बर अर्यालको भएको खुल्न आएको छ । गाडी मेलम्चीका मेयरको भए पनि नवदम्पत्तीले पोज दिएर मोज गरुन्जेल उनलाई केहि थाहा रहेनछ । मेयरले दिएरनै कतै लिएर गएर फोटो सुट गरेको नभै विवाहको निम्तो मान्न पुगेका मेयर अर्याल भित्र व्यस्त रहेको बेलामा फोटो गाफ्ररले बेहुला बेहुली लाई लिएर यो पोजमा फोटो सुट गराएका रहेछन् ।

बैशाख ८ गते थलिमा एक विवाहमा निम्ता मान्न जाँदा मेयरको गाडि अगाडि अमृत सुर्खेती नाम गरेका फोटो ग्राफरले फोटो खिचेर अपलोड गरेका रहेछन् । अहिले सोहि फोटो सामाजिक संजालमा भाइरल भएको छ । यस बारेमा मेलम्चि नगरपालिकका मेयर अर्यालसँग कुरा गर्दा सो नम्बर प्लेटको गाडि आफ्नो भएको तर यस घटना बारे आफुलाई पनि अहिले मात्र थाहा भएको बताए । आफु निर्दोष भए पनि क्यमारा म्यानको बदमासीले सोझा मेयरले गाली खाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार