अलीको धन्दाले ओलीलाई तनाव, बालुवाटारमा खैलाबैला

प्रधानमन्त्रीका प्राविधिक सल्लाहकार अस्गर अलिको विषयमा प्रेस काउन्सिलका अध्यक्ष समेत रहेका किशोर श्रेष्ठको जनआस्था साप्ताहीकमा समाचार बाहिर आए पछि अहिले यस विषयले व्यापक तरंग सिर्जना गरेको छ । प्रधानमन्त्रीका सल्लाहकार जस्तो गरिमाम पदमा बसेर आपराधीक गतिविधिमा संलग्नलाई जोगाउँन अलीको संलग्नता रहेको दावी सहितको समाचार आए पछि प्रधानमन्त्रीको सचिवालयलेनै खण्डन गरेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालको हस्ताक्षरमा विज्ञप्ती जारी भए पछि जनआस्था साप्ताहिकले पनि जवाफी फायर खोलेको छ । जनआस्था सम्पादकीय समुहको तर्फबाट जारी गरिएको विज्ञप्तीमा सरकारले सक्ने भए आउ कुस्ती खेलौँ भन्ने शैलीमा विज्ञप्ती जारी गरिएको आरोप लगाएको छ । आफ्नो समाचारको खण्डन भए पछि जनआस्थाले पनि आफ्नो समाचार स्रोतको वास्तविकता समेत उजागर गर्दै विषय प्रष्ट पारेको छ ।

प्रधानमन्त्रीका प्राविधिक सल्लाहकार अस्गर अलीको अपराधिक व्यक्तीलाई जोगाउन भुमिका रहेको दावी फेरि पनि जनआस्थाले गरेको छ । यस सँगै जनआस्था र सरकार विच आगामी दिनमा यस बिषय झन पेचिलो बनेर जाने अनुमान गरिएको छ । पटक पटक विवादमा पर्दै आएका प्रधानमन्त्रीका प्राविधिक सल्लाहकार अलीलाई जनआस्थाको काउण्टर जवाफले थप टाउको दुख्ने अनुमान गरिएको छ । कतिपयले यसलाई इश्वर श्रेष्ठ , गोकुल बास्कोटा र कुन्दन अर्याल विचको लडाँइका रुपमा पनि अर्थाएका छन् । जनआस्थाको जवाफी फायरलाई प्रधानमन्त्रीको सचिवालयले कसरी रियाक्ट गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

यस्तो छ जनआस्था साप्ताहिकको सम्पादकीय समुहको तर्फबाट जारीएको विज्ञप्ती
जनआस्था साप्ताहिकको वर्ष २५,अंक ११,जेठ ८ गते बुधबारको अंकमा ‘विदेशबाट अपराधीहरुको बाढी’ शीर्षकको समाचार प्रकाशित छ । सम्माननीय प्रधानमन्त्रीज्यूका प्रेस सल्लाहकार डा।कुन्दन अर्यालले १० गते,शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी ूआइज,कुस्ती खेलौूँ शैलीमा समाचारको खण्डन गर्नुभएको छ । डा।अर्यालले प्रकाशित गर्नुभएको विज्ञप्तिप्रति जनआस्था सम्पादकीय समूहको ध्यानाकर्षण भएको छ ।
उक्त समाचारमा नेटवर्किङ व्यवसायको आवरणमा अन्तर्राष्ट्रिय आपराधिक सञ्जालले नेपालबाट आर्थिक परिचालनको काम गरिरहेको र त्यस काममा संलग्न व्यक्तिहरुलाई महानगरीय अपराध महाशाखा तथा प्रहरी परिसरको टोलीले गतसाता दुईपटक गरेर पक्राउ गरेको कुरा उल्लेख छ । त्यसमध्ये पछिल्लोपटक जिल्ला सरकारी वकिलको कार्यालय,बबरमहलअघिल्तिरबाट प्लाष्टिकको झोलामा बोकिएको रकमसहित पक्राउ परेका केही ब्यक्तिले लगत्तै प्रहरीलाई दिएको प्रारम्भिक बयानमा सो रकम सरकारी वकिलसँग कुरा भइवरी मुद्दा सहज बनाउनका लागि तयार पारिएको उल्लेख छ ।

जनआस्थालाई सुरक्षा स्रोतबाट प्राप्त समाचारअनुसार ती व्यक्तिहरुको पक्राउलगत्तै सम्माननीय प्रधानमन्त्रीज्यूका प्राविधिक विज्ञ अस्गर अली मोबाइलबाट पक्राउ व्यक्तिलाई छुटाउने काममा दबाबमूलक भूमिकासहित प्रस्तुत भएका थिए । उनले तत्कालिन नेकपा एमालेसम्बद्ध मुस्लिम संगठनका,सिराहाको लाहान घर भएका एकजना पदाधिकारीलाई अघि सारेर प्रहरीका अनुसन्धान अधिकृतहरुसँग कुुरा गर्न पठाए । तर,समाचारमा ती व्यक्तिको नाम छुट्न गई अस्गरको नामलगत्तै ‘उनी’ शव्द प्रयोग हुँदा उनी आफैँ प्रहरी परिसरमा विहान ९ः३० को समयमा आरोपित भेट्न पुगेको भन्ने अर्थ लाग्न पुग्यो । त्यहाँ पुगेका लाहान घर भएका संगठनका पदाधिकारी हुन् । त्यसको सिसिटिभी फुटेज सुरक्षित छ भनी समाचारमा उल्लेख छ । अस्गर आफैँ प्रहरीकहाँ पुगेको आशय एउटा नाम लेख्न छुट्दा पर्न गएको हो । तर,उनले विभिन्न प्रहरी अधिकारी, सरकारी वकिललाई मोबाइलबाट फोन गर्ने र एसएमएस लेख्ने काम गरेकै हुन् । उनी आफैँ प्रहरी परिसर पुगेको आशय झल्किएकोप्रति क्षमा चाहन्छौँ । तर, उनको शून्य संलग्नता जसरी सम्माननीय प्रमज्यूका सल्लाहकारले दिनुभएको वक्तब्य सत्य होइन । समाचार प्रकाशित भएपछि प्रहरीका हाकिमलाई ूकिन यसरी समाचार दियौ रु’ भनी हप्काइएको छ । बत्तीसपुतलीस्थित अग्र्यानिक रेष्टुरेष्टमा एकजना डिएसपी,इन्स्पेक्टरसहित मुस्लिम संगठनका पदाधिकारी पुगेको तथ्य प्रहरी प्रधान कार्यालयको छानवीन टोलीले पनि पत्ता लगाएको हो । तिनै आधारमा जनआस्थालाई समाचार प्राप्त भएको हो । अग्र्यानिक चुलोमा भेटिएका डिएसपी, इन्स्पेक्टर र सरकारी वकिल (सहन्यायाधीवक्ता) सँग अस्गरको कुरा भएको छ ।

तसर्थ,सम्माननीय प्रमज्यूको सचिवालयले जनआस्थालाई समाचार पुष्टि गर्न चुनौति दिनुअघि उल्लेखित व्यक्तिहरु यस्तो कार्यमा संलग्न हुन् वा होइनन् भन्ने कुरा बुझ्न फोन र म्यासेजका कल डिटेल्स हेर्नुपथ्र्यो । वैयक्तिक गोपनीयताको हकसम्बन्धी कानुन जारी भइसकेको अवस्थामा उक्त कानुन जारी हुनुपूर्वजस्तो कल डिटेल्ससहित समाचार दिन तत्काल सम्भव भएन । तर, समाचारस्रोतको विश्वसनीयता र समाचारको सत्यतामाथि हामी दृढ छौँ । जनआस्था वर्तमान सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू र उहाँको सचिवालयका सबै सदस्यलाई सम्मान गर्छ । सुशासन र देश बिकासमा आफ्नो तर्फबाट सकेको सहयोग,समर्थन र सद्भाव पनि प्रकट गर्दछ । मुलुकको कार्यकारी निकायको अहित हुँदा वा त्यस निकायप्रतिको सम्मानमा ठेस पु¥याउँदा एउटा जिम्मेवार सञ्चारमाध्यमको हैसियतले जनआस्थालाई पनि दुःख लाग्छ । तर, त्यहाँभित्र देखिएका कतिपय विसंगत पाटोलाई समाचार बनाउने दायित्व निर्वाह गर्न पनि हामी पछि पदैनौँ । उक्त समाचार कसैप्रतिको आलोचना वा कसैको असुविधाका लागि नभएर प्रमज्यूको सचिवालयमा देखिएका त्रुटीहरु सच्चियुन् भन्ने मनसायले प्रकाशित भएको हो । समाचारमा उल्लेख भएजस्तो अन्तर्राष्ट्रिय आतंककारी समूहको चलखेल नेपालमा बढिरहेको पुष्टि प्रमज्यूको सचिवालयबाट विज्ञप्ति जारी हुँदाहुँदै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को घट्नाले पनि गर्दछ । १० गते अपराह्न त्यहाँबाट नक्कली भारुसहित केही व्यक्ति पक्राउ परेका छन् । त्यसैले विषयबस्तुको गहिराईमा जान र वास्तविकता पहिल्याउने काममा जनआस्थालाई सहयोग गर्न हामी सबैमा अनुरोध गर्दछौँ । अनि पत्रकारिता बिषयको प्राध्यापकसमेत रहनुभएका श्रीमान प्रेस सल्लाहकारज्यूलाई आफ्नो टिमलाई गलत बाटोतिर नलाग्न सल्लाह दिन र समाचार चित्तबुझ्दो नलागे खण्डनको बिधि पुर्याउन पनि अनुरोध छ

प्रमज्यूको सचिवालयले चाहँदा तथ्य लुकाउन वा प्रकाशित विषयबारे फरक कुरा भन्न सक्छ । तर,जनआस्थाको समाचारप्रति खेद व्यक्त गर्नुभन्दा एउटा संवेदनशील तहका सदस्यहरुबाट भइरहेका गम्भीर त्रुटी सच्याउनु मुख्य दायित्व हो । हामीसँग यीबाहेकका अरु सन्दर्भ पनि उपलब्ध छन् । तर,कतिपय राष्ट्रय जीवनसँग सरोकार राख्ने संवेदनशील गोपनीयताहरु सुरक्षित राख्ने दायित्व सञ्चारमाध्यमको पनि हुन्छ ।
विश्वमणि सुवेदी
सहसम्पादक, जनआस्था साप्ताहिक

यो पनि पढ्नुहोस्
सरकारलाई बदनाम गराउँन काउन्सिल अध्यक्षनै लागे पछि
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ प्रधान प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ सम्पादक रहेको ‘जनआस्था’ साप्ताहिकले झुठो समाचार छापेको भन्दै प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेको छ।

जनआस्थाले जेठ ८ गते बुधबारको अंकमा ‘विदेशबाट अपराधीको बाढी’ शीर्षकमा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ अस्गर अलीलाई असान्दर्भिक रूपमा समाचारमा मुछिएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले विज्ञप्ति निकालेका हुन्।

विदेशबाट आएका अपराधीलाई प्रहरीले पक्राउ गरेको र छुटाउन अली गएको भन्ने समाचार जनआस्थाले प्रकाशित गरेको थियो। तर उक्त समाचारमा सत्यता नभएको अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘अपराधीलाई प्रहरीले पक्राउ गरेको र उनीहरूलाई छुटाउन अली प्रहरी परिसर टेकु गएको’ भन्दै समाचारमा उल्लेख गरेको विवरण नै झुठो भएको पनि अर्यालले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘अलीलाई असान्दर्भिक रूपमा मुछिएकोप्रति प्रधानमन्त्रीको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। अपराधीलाई प्रहरीले पक्राउ गरेको र अली छुटाउन गएको काल्पनिक कथा खडा गरी जनआस्था साप्ताहिकले भ्रम सिर्जना गरेको छ,’ अर्यालले विज्ञप्तिमा भनेका छन्, ‘अली जेठ ७ गते मंगलबार ९ बजेर ३० मिनेटमा प्रहरी परिसर टेकु पुगेर पक्राउ परेका अभियुक्तलाई भेटी फर्केको कपोलकल्पित दाबी समाचारमा गरिएको छ। उक्त कुरा त्यहाँको सीसी क्यामेरामा कैद भएको अत्यन्त झुठो, भ्रामक र सुनियोजित अफवाह उक्त सामग्रीले प्रसार गरेको छ।’

व्यक्तिको जीउ ज्यानको सुरक्षामा गम्भीर असर पर्ने गरी जनआस्थाले समाचार तयार पारेको र पत्रकारिताको आचारसंहिता अनुरूप सम्बन्धित व्यक्ति अलीसँग बुझ्ने प्रयास पनि नगरेको विज्ञप्तिमा उल्लेख छ।

समाचारमा प्रहरी परिसर टेकुका डिएसपी सन्तोष तामाङको भनाइ पनि नराखिएको अर्यालले जनाएका छन्।

‘धार्मिक आपराधिक समूहसँगको सम्पर्क रहेको अर्थ लाग्ने गरी सम्प्रेषण गरिएको झुठो समाचारले व्यक्तिको सुरक्षामा उत्पन्न हुनसक्ने परिस्थितिप्रति संवेदनशील नहुनु र पत्रकारिताको न्युनतम आचरण निर्वाह नगर्नु यस पेशाको आधारभुत मूल्य, मान्यता र धर्मको उलंघन हो,’ अर्यालले निकालेको विज्ञप्तिमा थप भनिएको छ, ‘चरित्र हत्या गर्दै प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पुर्‍याउने गरी नियोजित रूपमा गरिएको दुष्प्रचारप्रति प्रधानमन्त्री कार्यालयको खेद व्यक्त गर्दछ।’

साथै जनआस्थालाई उक्त समाचार स–प्रमाण पुष्टि गर्न पनि प्रधानमन्त्री सचिवालयले चुनौती दिएको छ।

‘व्यक्तिको सुरक्षा संवेदनशीलतामा असर पर्ने गरी लेखिएको काल्पनिक कथ्यलाई सप्रमाण पुष्टि गर्न जनआस्था साप्ताहिकलाई हामी चुनौती दिन्छौं,’ अर्यालले भनेका छन्।

अर्यालको विज्ञप्तिबारेको जिज्ञासामा जनआस्थाका प्रधान सम्पादक तथा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले समाचारबारे लिखित रूपमा प्रेस काउन्सिलमा भने उजुरी नपरेको बताए।

‘समाचारबारे उजुरी परेको मलाई जानकारी छैन। उजुरी दिने भए त प्रधानमन्त्री सचिवालयबाट विज्ञप्ति नै किन आउथ्यो र रु,’ श्रेष्ठले भने, ‘उजुरी आयो भने ठीक छ। त्यसको कानुनी उपचार त गर्नैपर्छ। मेरो उपस्थिति नभएको बैठकले निर्णय गर्छ।’

उनले जनआस्थाले छापेको समाचार भने सही भएको दावी गरे। ‘हाम्रोमा कुरा गर्दा समाचार सही छ भन्ने छ,’ उनले भने, ‘कल डिटेलहरु हेरे थाहा भइहाल्छ नि ’

आफ्नो पत्रिकाविरुद्ध उजुरी परेमा उक्त बैठकमा आफू बस्न नमिल्ने उनले बताए। ‘समाचारबारे उजुरी पर्‍यो भने कानुनी प्रक्रियामा जान्छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित समाचार