अष्ट्रेलिया पुगेर रवि लामिछानेले किन सम्झिए इमरान खान?

चर्चिच संचारकर्मी रवि लामिछाने र उनको टिम यतिखेर अष्ट्रेलियामा व्यस्त रहेको छ केहिदिन अघि अष्ट्रेलिया पुगेका उनीहरुले अहिले अष्ट्रेलियामा रहेर विभिन्न कार्यक्रम संचालन गरिरहेका छन् । त्यहाँ रहेका नेपालीहरुको विचमा रहेर उनिहरुको समस्या सुन्न र रवि लामिछाने फाउण्डेसनले कालिकोट जिल्लाको रास्कोटमा निर्माण गरिरहेको रास्कोट सामुदायीक अस्पतालको सहयोग संकलनका लागी पनि रवि र उनको उनको टिम व्यस्त छ । न्युज २४ टेलिभिजनमा सिधा कुरा जनता सँग कार्यक्रम संचालन गरेर लाखौँ दर्शकको मन जित्न सफल भएका रवि सँगै उक्त कार्यक्रमका निर्माता दिपक बोहरा सहित रवि पत्नी निकिता पौडेल समेत यतिखेर अष्ट्रेलियामा रहेर आफ्नो अभियान संचालन गरिरहेका छन् । अष्ट्रेलियाका विभिन्न शहरहरुमा चलिरहेको कार्यक्रममा दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको छ ।

सोहि क्रममा आज त्यहाँ चलेको एक कार्यक्रममा रवि लामिछानेले आफ्नो टिमको मिसन सहित आफ्ना भावि योजनाका बारेमा समेत सहभागी दर्शकहरुलाई जानकारी गराएका थिए । युवाहरुलाई देशमै रोजगारी सिर्जना गराउँन सके कोहि पनि विदेशिन नपर्ने बताउँदै रविले कसरी देशमै युवाहरुलाई आकर्षित गर्न सकिन्छ भन्ने बारेमा आफ्नो टिमले सोचिरहेको बताए । यहि प्रसंगमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको प्रसंग सम्झदै रविले आफुले अष्ट्रेलिया आए पछि धेरैको मुखबाट पाकिस्तानमा इमरान खान प्रधानमन्त्री बने पछि देश बाहिर रहेका धेरै जसो मानिसहरु पाकिस्ताननै फर्कन थालेको भन्ने सुनेको भन्दै उनले उक्त कुराले आफुलाई निकै उत्साहित बनाएको बताए । इमरान खानको जस्तै उर्जा र उत्साहको संचार गराउँन सकियो भने हाम्रो पनि बाध्यताले मुलुक बाहिर रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई स्वदेश फर्काउन सकिन्थ्यो भन्दै उनले यस विषयमा कसरी के गर्न सकिन्छ आफुले पनि मिसन चलाउँने बताए ।

तत्कालिन चिलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेल सँग विवाह गरेका रवि लामिछानेले दर्शकहरुले आफुलाई सिनेमा बनाउँन पनि सुझाव दिइरहेको भन्दै जनतालाई सहि सुचना दिन र सुसुचित गराउँन सिनेमा पनि राम्रो प्लेटफर्म रहेकाले त्यस बारेमा पनि आफुहरुले सोचिरहेको बताए । सिनेमा पनि निर्माण गर्ने जनाउ दिएका लामिछानेले कस्तो र कहिले सिनेमा निर्माण गर्ने हो यस विषयमा भने केहि बताएनन् । सोही कार्यक्रममा लामिछानेले धेरै जसो दर्शकले आफुलाई राजनितिमा आउन अनुरोध गरिरहेको बताउँदै त्यस विषयमा पनि मुख खोलेका छन् । रविले देश विकासका लागी राजनितिनै सबैभन्दा ठुलो र सशक्त माध्यम रहेको त बताए तर आफु भने राजनितिमा नजाने संकेत गरे । संचारकर्मीले सिधै राजनितिमा प्रवेश गर्नु भन्दा पनि संचारकर्ममै रहेर फोहोरी राजनितीलाई राम्रो बनाउनु उपयुक्त हुने उनको तर्क थियो । कतिपय सफल संचारकर्मी पनि राजनितिमा गएर खासै जम्न नसकेको आफुले महुुसुश गरेको भन्दै राजनितिमा जानु भन्दा भएका राजनितिज्ञलाईनै राम्रो बाटोमा हिडाउँन पहल गर्नु संचारकर्मीका लागी राम्रो हुने बताए ।

रास्कोट अस्पतालको सहयोगका लागी समेत अपिल गरेका लामिछानेले उपस्थित दर्शकलाई करकापमा नपरी स्वइच्छाले सकेको सहयोग गर्न पनि आग्रह गरे । सबैको सानो सानो सहयोगले दुर्गम ठाउँमा अस्पताल बन्न सक्ने बताउँदै उनले मनकारी नेपाली विश्वको जुन भागमा रहे पनि मन भने नेपालमै हुने पनी बताए । अष्ट्रेलियाका विभिन्न ठाउँहरुमा जारी कार्यक्रम अझै केहि दिन रहने बताइएको छ । रवि लामिछानेले संचालन गर्ने कार्यक्रम सिधा कुरा जनता सँग पनि अबको केहि अंक अष्ट्रेलियाबाटै प्रशारण हुने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार