मन्त्री बास्कोटा एकाएक कसरी भए सबैको हाइहाइ ?

नोपाल सरकारका प्रवक्ता समेत रहेका संचार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटा यतिखेर देशव्यापी रुपमा चर्चाको केन्द्रमा रहेका छन् । उनको विभागीय मन्त्रालयले मिडिया काउन्सिल विधयेक संसदमा दर्ता गराए पछि त्यसले संचर जगतमा व्यापक बहस सिर्जना गरेको छ । खास गरि पमुख प्रतिपक्षी दल नेपाली काग्रेस , नेपाल पत्रकार महासंघ र विभिन्न दल निकट पत्रकारका छाता संगठन त्यसको चर्को विरोधमा उत्रिएका छन् । विरोधको केन्द्र स्वयम संचारमन्त्री बास्कोटा बनिरहेका छन् । सबैले बास्कोटालाई नै टार्गेट गरेर आलोचना गरिरहेका छन् । पुर्व पत्रकार समेत रहेका संचारमन्त्री बास्कोटा सम्पुर्ण आलोचनाहरुलाई झेल्दै आएका छन् । हिजो भने मन्त्री बास्कोटालाई अलिक फरक भेषमा देख्न पाइयो । काभ्रेका जनप्रतिधि समेत रहेका बास्कोटा काभ्रे पुगेर आफुले अभिभावकत्व ग्रहण गरेका एक बालकको घरमा पुगेर उनको पढाइ बारे चासो राखेर फर्किए ।सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफुले अभिभावकत्व लिएका सुजनलाई आँगनदेखि नै डो¥याउँदै उनको कोठामा लगेर कापी–किताब मागे । सुजनले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको हातमा राखिदिए ।

पाँचखाल नगरपालिका–१२ बालुवास्थित सुजन दनुवारको घरमा शनिबार अपराह्न पुग्नुभएका मन्त्री बाँस्कोटाले सुजनलाई शुक्रबार दिइएको गृहकार्य सरासर हेर्दै कक्षा १ बाट हासिल गरेको स्थानबारे प्रश्न गरे । ‘सेकेण्ड भएँ’ छ वर्षका सुजनले उत्तर फर्काइहाले । सुजनलाई बधाई भन्दै ‘स्कूलले के–के दियो त बाबु तिमीलाई रु” मन्त्री बाँस्कोटाको थप प्रश्नलगत्तै सुजनले भने, “किताब, कापी, पेन्सिल, मोजा, के–के हो, के–के ।” मन्त्री बाँस्कोटाले करीब २० मिनेटको समय कुराकानी गर्दै सुजनको तीन कापी तथा गणित र अङ्ग्रेजी विषयका दुई प्रयोगात्मक किताब हेरे र भने, “राम्रो छ, अझ प्रयास गर्नु, अब कक्षामा पहिलो हुनुपर्छ, म तिम्रो होमवर्क चेक गर्न बेलाबेलामा आउँछु नि ”, मन्त्री बाँस्कोटाको कुरा सुनेर सुजन उत्साहित देखिए ।

सुजनलाई मन्त्री बाँस्कोटाले आउँदो असारताका स्कूलको ‘वर्षे बिदा’ मा काठमाडौँ आउन पनि भने । सुजनले मधुर बोलीमा ‘हुन्छ’ मात्रै भने । उनका बाबुआमा भने कोठाको ढोकामा उभिएर मन्त्री बाँस्कोटा र सुजनबीचका कुराकानी सुनिरहे । मन्त्री बाँस्कोटाले सुजनलाई किताब–कापी झोलामा राख्न आग्रह गर्दै आफू भ्याएसम्म महीना दिनमा भेट्न आउने आश्वासन दिए । उनले भने , “यदि भ्याइनँ भने दुई महीनामा एकचोटी पक्का ।”

मन्त्री बाँस्कोटाले कक्षा १२ सम्मका लागि अभिभावकत्व ग्रहण गरेका सिमान्तकृत दनुवार समुदायका सुजन हाल स्थानीय आजाद माध्यमिक विद्यालयमा २ कक्षामा पढ्दैछन् । सुजनसँगको भेटघाटपछि मन्त्री बाँस्कोटाले भने, “सुजनले प्रगति गर्दैछ, यसमा म खुसी छु, अन्य दुई बालबालिकाको अवस्था बुझ्न केही दिनपछि उनीहरुको घरमा जान्छु ।” उहाँले सुजनको अभिभावकत्व ग्रहण गरेपछि काभ्रेपलाञ्चोकमा २०७५ सालको भर्ना अभियान शुरु गरिएको थियो । मन्त्री बाँस्कोटाले यस वर्ष पनि जिल्लाका थप दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले भर्ना अभियानअन्तर्गत गत वैशाखमा पाँचखाल नपा–१ का आमाबाबु नभएका प्रितम तामाङलाई स्थानीय ज्ञानेश्वरी मावि र पाँचखाल नपा–५ का बाबु नभएका निष्मा सुनारलाई स्थानीय जनउद्धार प्राविमा कक्षा १ मा भर्ना गरी अभिभाकत्व ग्रहण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार