काग्रेसले पागलखाना लाने भएपछि यसो गरे मेयर चौधरीले..

पटक पटक उपद्रो बोल्दै हिँडेका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले फेरी माफी मागेका छन् । महिलाको चरित्रको विषयमा सुन्नै नसकिने आपत्तीजनक अभिव्यक्ति चौतर्फी आलोचनाको सिकार भएपछि मेयर चौधरीले आज एक विज्ञप्ती जारी गर्दै क्षमायाचना गरेका छन्

यसपटक चौधरीको पक्षमा कोहि पनि नउभिए पछि दवावमा रहेका चौधरीले क्षमायाचना गरेका छन् । विज्ञप्ती मार्फत चौधरीले आफुले इटहरीमा व्याप्त यौन विकृतीको विषयमा बोलेको तर महिलाहरु पनि नराम्रो बोल्ने कुनै नियत नरहेको तर पनि आफ्नो अभिव्यक्ति बाट देशैभरिका महिला दिदीबहिनीहरुको भावनामा चोट प्रति दुख व्यक्त गर्दै क्षमायाचना गर्दछु भनि मेयर चौधरीले विज्ञप्ती जारी गरेका छन् ।

यस अघि पनि पत्रकारको नाँको डाँडी भाँच्न एक करोड छुट्याएको भन्दै देशव्यापी चर्चामा आएका मेयर चौधरीले अन्तत कान समातेर उठबस गर्न परे पनि तयार छु भन्दै माफी मागेर पन्छिएका थिए । पटक पटक गल्ती गर्ने र एउटा विज्ञप्ती जारी गरेर उम्कने प्रवृती उनमा देखिएको छ । आजै मात्र प्रदेश नम्बर एक को प्रदेश सभा बैठकमा मेयर चौधरीमा तत्काल पागलखानामा राख्न विपक्षी दल नेपाली काग्रेसले माग गरेको छ ।

त्यस्तै
मेयर चौधरीलाई पागलखाना राख्न माग!
इटहरी उममहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीलाई पछिल्लो अभिव्यक्ति निकै भारी हुँदै गएको छ । महिलालाको चरित्रका विषयमा सुन्ने नसकिने आपत्तीजनक अभिव्यक्ति दिएका चौधरीलाई पागलखानामा राख्नु पर्ने प्रस्ताव समेत आएको छ ।

प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसकी सांसद विन्दिया कार्कीले इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीलाई पागलखानामा भर्ती गर्न आग्रह गरेकी छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा उनले महिलालाई लाञ्छना लगाउने गरी मेयर चौधरीले दिएको अभिव्यक्तिले सिंगो महिला जगतको अपमान भएको टिप्पणी गरिन् ।

सांसद कार्कीले मेयर चौधरीले महिलाले प्रयोग गर्ने लिपिष्टिक, गर्भ निरोधक औषधी पिल्स पनि यौनधन्दामा लागेको महिलाले खाने भनेर सार्वजनिक मञ्चबाट बोल्दा सरकार किन मौन छ रु भनी प्रश्नसमेत गरिन् ।

‘के पार्टीले मेयर चौधरीलाई छाडा साँढेजस्तै गरी डामेर छाडेको हो रु’ उनले प्रश्न गरिन् ‘सक्नु हून्छ भने सुधार गर्नु प¥यो, कि पागलखानामा भर्ती गर्न सक्नुप¥यो रु नेकपाले के मेयर चौधरीलाई छाडा छाडेको हो ररु’

मेयर चौधरीका विषयमा यस्ता धेरै विषय बाहिर आउँदा पनि नेकपाले यस विषयमा चासो नदिएको भन्दै उनले आपत्ति जनाइन् ।
‘किन मेयर चौधरीको यतिका बिषय बाहिर आउँदासमेत उसको पार्टी नेकपा मौन छ, कि भन्नु प¥यो हाम्रो पार्टीको नीति सिद्धान्त यही हो भनेर, नत्र किन नेकपाका महिला नेतृहरु पनि यस बिषयमा चुप हुनुहुन्छ रु

मेयर चौधरीलाई कारबाही गर्न नेकपाकै महिला नेतृहरु लाग्नुपर्ने उनले बताइन् ।

मेयर चौधरीले दुई दिनअघि इटहरीको लविपुर चौकमा आयोजित एक कार्यक्रममा महिलाको अस्मितामाथि प्रहार हुने गरी अश्लील शब्द बोलेका थिए ।

उनले यौनधन्दामा संलग्न महिलाहरुका कारण त्यस क्षेत्रमा मदिरा, महिलाले प्रयोग गर्ने श्रृङ्गार सामग्री र गर्भ निरोध चक्की पिल्सको व्यापार बढेको बताएका थिए ।

मेयरको उक्त अभिव्यक्तिप्रति महिला सञ्जालले समेत आपत्ति प्रकट गरेको छ भने सामाजिक सञ्जालमा आलोचना भएको छ । यसअघि मेयर चौधरीले पत्रकारलाई धम्की दिएपछि आलोचित भएका थिए ।

अहिले पनि आफुले बोलेको कुरा सहि भएको भन्दै उल्टै ठुलो स्वर गर्दै गर्दै हिँडेका मेयर चौधरी माथी कारबाही गर्न चौतर्फी दवाद बढ्दै गएको छ । पछिल्लो अभिव्यक्तिका विषयमा भने मेयर चौधरी माथी कतैबाट पनि सहानुभती आएको छैन । यस प्रकरणमा मेयर चौधरी चौचर्फी रुपमा एक्लीँदै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार