के रवि र दिपक विच कुटाकुट भएकै हो ? यस्तो छ वास्तविकता

एकाएक हटकेक विषय बाहिर आयो चर्चित संचारकर्मी न्युज २४ टेलिभिजन बाट प्रसारित हुने सिधा कुरा जनता सँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने र उक्त कार्यक्रममा प्रोडुसर दिपक बोहोरा विच कुटाकुट भएको भनेर । जेठ महिनाको एक सोमबार राती होटल याक एण्ड यती मा रवि लामिछानेले प्रोडुसर दिपक बोहोरा माथी हातपात गरेको दावी सहित विभिन्न अनलाइन समाचा प्रोटलमा समाचार बाहिर आएपछि उक्त कुराले सनसनी मच्चीएको छ । एक कान दुई कान मैदान हुँदै उक्त कुराले व्यापकता पाएको छ ।

नेपाली संचार जगतमा कृृृष्ण र अर्जुन जस्ता दिपक र रवि विचको उक्त कुरा प्रसंशकहरुलाई अतिनै अस्वाभाविक र अनेपेक्षीत त थियो नै उक्तिकै अप्रिय पनि । दिपक र रविको कुटाकुट भएको भन्ने विषय आगो सरी फैलिए पछि प्रोडुसर दिपक बोहोराले यस विषयमा स्पष्ट पारेका छन् । समाजिक संजाल फेसुबुकमा एक स्टाटस लेख्दै बोहोराले कतिपय मानिसहरु रवि लाई र आफुलाई फुटाउँन लागीपरेको तर उनिहरुको सपना पुरा नहुने स्पष्ट पारेका छन् । केहि अनलाइन हरुले आफुहरु विच झगडा बनाउँने नियतका साथ सम्प्रेषण गरेको उनको आरोप थियो । उनले लेखेका छन् ‘केही अनलाईनहरुले रवि दाई र मेरो झगडा भएको भनि गलत प्रचार गर्दैछन् । हाम्रो झगडा होस भन्ने उनिहरुको ईच्छा कहिले पुरा हुदैन् । हामी बर्षौ अझै संगै मिलेर काम गर्नेछौ । सिधा कुरा जनतासंग एउटा टेलिभिजन कार्यक्रम मात्र होईन, यो एक सोच हो, यो कहिले बन्द हुदैन् ।

पछिल्लो समय रवि लामिछाने विरुद्ध चौतर्फी आक्रमणको प्रयास भइरहेको छ । साना साना कुरामा पनि रविको आलोचना गर्ने , भाइरल बनाउँने अनि आम जनमानसमा रहेको उनको क्रेजलाई कम बनाउँने षड्यन्त्र सुरु भएको आकलन गरिएको छ । मानवीय रुपमा केहि कमजोरीहरु जसको पनि हुन्छ , त्यसैमा टेकेर रविलाई बदनाम बनाउँन ठुलै सांजाल दिनरात लागीरहेकोे आकलन गरिएको छ । रविले कार्यक्रम मार्फत भ्रष्टाचारी , घुसखोरी ,दलाल , माफीयाहरुको निद हराम गराएको धेरैलाई चित्त बुझेको छैन त्यस कारण कसरी रविलाई बदनाम बनाएर कमजोर बनाउँन सकिन्छ भन्दै सुनियोजित खेतिपाती चलिरहेको बताइएको छ ।

केहि दिन अघि मात्रै पनि उर्जा मन्त्री बर्षमान पुनले रविलामीछानेलाई भ्रष्टाचारी भनेको भन्दै फोटोसप बाट पत्रिकाको जस्तै समाचार बनाएर बनदाम गराउँने असफल प्रयास भएको थियो , पछि मन्त्री पुन आफैले समेत उक्त कुरालाई खण्डन गरेका थिए । रविलाई बदनाम बनाउँन अनेक षड्यन्त्र गरिरहेको टिमलेनै कुनै पनि हिसाबमा रविलाई कमजोर बनाउँन नसेके पछि उनिहरुको टिममानै भाँडभैलो मच्चाएर कार्यक्रमलाईने बन्द गराउँने सम्मको डिजाइनमा रवि र दिपक विच कुटाकुट भन्दै हल्ला चलाउँन खोजेको आशंका गरिएको छ ।

केहि समय अघि सिधा कुरा जनता सँग कार्यक्रमका प्रोडुसर दिपक बोहोराले सामाजीक संजाल फेसबुकमा एउटा स्टाटस लेखेका थिए जसले गर्दा पनि विरोधीहरुलाई खेल्न सजिलो भएको थियो । बोहोराले आफ्नो फेसबुक वालमा अब पत्रिकारीता पुग्यो जस्तो छ , अबको समय फेमीली विजनेस , फेमीली टाइम भनेर लेखेका थिए । सोही स्टाटसका आधारमा रवि र दिपको सम्बन्ध विग्रीएको आकलन गर्दै विभिन्न प्रचारवाजी गराइएको थियो । अन्तत फेरी पनि दिपक र रविलाई भिडाएर फाइदा लिन खोज्नेहरु फेरी एक पटक होरका छन् विभिन्न काण्डमा उनिहरुलाई लडाउँन खोज्दा उनिहरु झन् एकतावद्ध बनेर अगाढि बढ्ने भएका छन्।

छुट्यो की ?
रमेश प्रसाईको सपना रवि लामिछानेले पुरा गराउँने !
न्युज २४ टेलिभिजन बाट प्रसारित हुने लोकप्रीय कार्यक्रम सिधा कुरा जनता सँगका संचालक रवि लामिछाने । धरानमा रहेर जब कुनै ताजा विषय आउँछ तव कडा आवाज मा गुन्जीने रमेश प्रसाइ । दुवैले जनताको आवाजलाई फरक माध्यम र तरिकाबाट सशक्त रुपमा बोलीरहेका छन् । रवि लामिछानेका विषयमा कसैले कुनै नराम्रो कुरा गर्यो या रविलाई कुनै समस्या पर्यो भने सबै भन्दा पहिला रविको प्रतिरक्षामा सशक्त आवाज बनेर निस्कने व्यक्ति हुन् रमेश प्रसाइ । पछिल्लो समय रवि र रमेशको दोस्ती निकै जमेको छ ।

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको बेलामा समाजिक संजाल फेसब्ुकमा एउटा भिडियो राखेर एकाएक चर्चामा आएका रमेशले त्यस पछि लगातार जनताका आवाजको प्रतिनिधित्व गर्दै बोलीरहेका छन् । अहिले रमेशले लाखौँको संङ्ख्यामा शुभचिन्तक कमाइसकेका छन् । यस विच उनले पब्लिक स्पिकर नेपालको टाइटल पनि जिते । उनले आफुले जितेको ३ लाख रकम मध्ये १ लाख रवि लामिछाने फाउण्डेसनले कालिकोट जिल्लाको रास्कोटमा निर्माण गरिरहेको रास्कोट सामुदायीक अस्पतालको सहयोगमा रविलाई हस्तान्तरण गरे ।

त्यति मात्रै होइन उनले आफुलाई सम्मान गरेर प्राप्त भएका अन्य रकम पनि रविको अभियानमा सहयोग गरिरहेका छन् । रमेशले दिएको रकम लिन रवि धरानै पुगेर दुई विचको दोस्तीलाई अझै कसिलो पारे । रविलाई कतै बाट प्रहार हुँदा त्यसको प्रतिरक्षामा रमेशले निकै दरिलो आवाजमा विरोधीहरुलाई झटारो हान्ने गरेका छन् जुन रविका लागी धेरै ठुलो व्याकअप बनेको छ । रवि लामिछानेले पुर्व पत्नी सँग सम्बन्ध विच्छेद गरेर निकिता पौडेल सँग कानुनी विवाह गरेको बेलामा जव रवि धेरैबाट आलोचित भइरहेका थिए त्यति बेला रमेशले यति सशक्त भिडियो बनाए की त्यसले रविलाई निकै ठुलो सहयोग भयो ।

रमेशले त्यति बेलै रविको विवाहमा छमछमी नाँच्ने भनेका थिए अन्तत रमेशको त्यो धोको पनि पुरा भयो। केहि दिन अधि मात्र परम्परागत रुपमा बैवाहिक बन्धनमा बाँधिएका रवि र निकिताको पाहुना थिए रमेश । उनले विवाहमा नाँचेनन् मात्र मिठो मन्तव्य सहितको शुभकामनाले सबेको मन पनी जिते । निस्वार्थ रुपमा रविको रक्षाकवज बनेर निस्कीएका रमेश प्रति रविको यति ठुलो विश्वास रहेछ की को बन्छ करोपती कार्यक्रममा सहभागी हुँदा रविले आफ्नो फोन अ फ्रेण्ड लाइफ लाइन प्रयोग गर्दा रमेशलाईनै टेलिफोन गर्न लगाए । यस बाट पनि उनिहरुको दोस्ती र विश्वासको मापन हुन्छ ।

धरानमा रहेर काम गरिरहेका रमेशको धोको छ नेशनल टेलिभिजनमा एउटा कार्यक्रम चलाउँने । रविले पनि रमेशको लक्ष्य पुरा गर्न सघाउँने बचन दिइसकेका छन् । निकै जमेर अगाडी बढिरहेको यो दोस्तीले बाँकी के के गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार