धमलाले खोले रहस्य, यस्तो रहेछ गिरिजाबावुको अन्तिम इच्छा !

पत्रकार ऋषि धमला आफुलाई सँधै भरि व्यस्त राख्ने पत्रकार हुन् । सँधै आलोचना , चर्चा र प्रशसंसामा रहने उनको एउटा गज्जवको स्वभाव चाँही के हो भने जो सुकै ले जे सुकै भनोस् आफुलाई गर्न मन लागेको कुरा गर्नै पर्ने कसैको कुनै प्रवाह नगरिकन । पुरा नेता देखि समकालिन र नयाँ सम्मलाई आफ्नो वरिपरि घुमाउँन सक्नु धमलाको खास विशेषतानै हो ।

कृष्ण प्रसाद भट्राईको अन्तावार्ता लिएर पत्रकारीता क्षेत्रमा प्रवेश गरेको बताउँने धमलाले बरिष्ठ देखि कनिष्ठ सबै नेतालाई आफ्नो वरिपरि घुमाउँने ल्याकत राख्दछन् । आलोचकहरुले भारतको नजिकको मान्छे भनेर पनि आरोप लगाउँने गरेका छन् उनलाई । अन्तवार्ता लिएर मात्र होइन दिएर पनि धमला चर्चामा छाइरहन्छन् ।

यस विच हालैमात्र धमलाले एक युटुव च्यानललाई अन्तवार्ता दिँदै एउटा गोप्य कुरा बाहिर ल्याएका छन् । फेवा टाइम्स डक कम सँगको अन्तवार्ताका क्रममा धमलाले आफुले अहिले सम्म बाहिर कसैलाई नभनेको भन्दै गोप्य कुरा खुलाएका छन् ।धमलाले नेपाली काग्रेसका तत्कालिन सभापती गिरिजाप्रसाद कोइरालाले आफुलाई भनेको अन्तीम इच्छा खुलाएका छन् । अन्तिम अवस्थामा रहेका गिरीजावावुलाई भेट्न जाँदा गिरीजावावुले अब मेरो दिन सकियो धमला बावु नेपालको पहिलो महिला प्रधानमन्त्री बनाउँन सुजाता कोइरालालाई तिमीहरुले सहयोग गर्नु भनेको स्मरण गरेका छन्।

उक्त अन्तवार्तामा धमलाले भनेका छन् , ‘गिरिजावावु विरामी हुनुहन्थ्यो अब नबाँच्ने अन्तिम अवस्था भएपछि म उहाँलाई भेट्न सुजाता कोइराला निवास मण्डिखाटार पुगे त्यहाँ कृष्ण प्रसाद सिटौला , सुजाता कोइराला लगायत हुनुहुन्थ्यो मलाइ देखे पछि गिरीजावावुले भन्नु भयो धमला बावु अब म बाँच्दीन तिमीहरुले सुजातालाई नेपालको पहिलो महिला प्रधानमन्त्री बनाउँन सहयोग गर्नु ‘। धमलाले स्मरण गरेका छन्, गिरीजावावुले सुजातालाई उपप्रधानमन्त्री सम्म बनाउँनु भयो केहि वर्ष बाँचेको भए प्रधानमन्त्री नै बनाउँनु हुन्थ्यो ।
हेर्नुुस भिडियो

धमलाले आफुलाई आफुलाई पृथ्वीनारायण शाह सँग तुलना गरेपछि…

यो वा त्यो रुपमा सँधैभरी चर्चामा रहने पत्रकार हुन् ऋषि धमला । नेपाल पत्रकारीताकोे क्षेत्रमा आफ्नै मेहनत र पसिनाका कारण स्थापित उनलाई चाहेर या नचाहेर सुन्नुको कुनै विकल्प छैन । कसैले राम्रो भनोस् या नराम्रो भनोस् त्यसको कुनै प्रवाह नगरिकन निरन्तर आफ्नो काममा खटिने उनको स्वभावकै कारण ऋिषिले नेपाली पत्रकारीतामा एउटा छुट्टै स्थान बनाउँन सफल भएका छन् । आफ्नो छुट्टै स्वभाव र शैलिकै कारण धमलालाई मन पराउँने र माया गर्ने को जमात ठुलो छ । उनलाई मन नपराउँने जमात पनि ठुलै छ तर त्यस विषयमा उनलाई कुनै प्रवाह नै छैन । प्रशंसा र आलोचना दुवै अत्यधिक हुने नेपाली पत्रकारमा पर्दछन् धमला ।

बिहान सबेरै देखि राती अबेर सम्म पनि ऋषिका प्रश्न र नेताका जवाफले रेडियो टेलिभिजन गुन्जिरहेको हुन्छ ।शहर बजार देखि दुरदराज सम्म पनि पत्रकार भनेको ऋषि धमलानै हो भन्ने पनि मानक बनिसकेको छ । किनभने उनि जता पनि सहज रुपमा उपलब्ध छन् । रेडियो, अनलाइन, टेलिभिजन सबैतिर उनका कार्यक्रम सहज रुपमा सुन्न, हेर्न पाइन्छ । जनता जान्न चाहन्छन् भन्ने उनको थेगो यति लोकप्रिय भयो की पछि उनले कार्यक्रमको नामनै जनता जान्न चाहन्छन् भरेर राखिदिए । हाल जनता जान्न चाहन्छन् कार्यक्रम रेडियो र टेलिभिजन दुवैतिर प्रसारण भइरहेको छ । विविध कारण चर्चामा रहिरहने धमलाको आफ्नै स्टाइल छ ।हालै मात्र उनले जनता जान्न चाहन्छन् कार्यक्रममा निम्त्याएका २ जना अतिथिहरु सत्तारुढ नेकपाका नेता सत्यनारायण मण्डल र प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका नेता रामकृष्ण यादवले प्राइम टेलिभिजनको स्टुडियोमै झण्डै कुटाकुट गरे पछि उक्त विषयको चर्चा अहिले सर्वत्र भइरहेको छ ।

नेतालाई कडा पश्न सोधेर हैरान पार्ने धमलालाई चाँहि कडा प्रश्न गर्दा कस्तो प्रतिक्रिया जनाउँलान् भन्ने रोचक विषय रहेको छ । धमला सँग ओटीभी नेपालका लागी शिवशक्ती आचार्यले गरेको भिडियो कुराकानी अहिले सामाजिक संजाल युट्वमा निकै लोकप्रिय बनेको छ । उक्त भिडियोलाई झण्डै साँढे २ लाख दर्शकले हेरेका छन् ।पहिलो प्रश्नमै नाम होस् या बदनामहोस् भन्ने प्रश्न गरेपछि रिसाएका धमलाले आफु बदनाम मान्छे नभएको बरु विवादीत मान्छे भएको बताएका छन् । सोहि अन्तवार्तामा धमलाले आफुलाई बदनामीत मान्छे भनेर प्रमाणित गरे पत्रकारीतानै छोड्दीने पनि चेतावनी दिएका छन् । विवादीत जो पनि हुने भन्दै उनले पृथ्वीनारायण शाह देखि भिमसेन थापा सम्मको उदाहण दिँदै उहाँहरु पनि विभिन्न कालखण्डमा विवादित भएको स्मरण गराएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार