विशेष योजना छ भने ख्याल गर्नुस्, यी ठाउँमा हुँदैछ आज भारी बर्षा

हिजो देखिनै मौसममा बदली भई बर्षा भइरहेको छ । मनसुनको सक्रियताले बर्षा भइरहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले आजको मौसम बारे जनाकारी दिएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसरा आज असार ८ गते आइतबार दिउँसो देशको मध्य र पश्चिमी भूभागहरुमा सामान्य देखि पूर्ण बदलि तथा पूर्वी भेगमा आंशिक देखि सामान्य बदली रही पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसै गरि पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहको छ । भने उच्च हिमाली भूभाग हरुको केहि स्थानहरुमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशको पश्चिमी भूभागहरुमा सामान्य देखि पूर्ण बदलि तथा पूर्वी र मध्य भेगमा आंशिक देखि सामान्य बदली रही पुर्वका तथा मध्य थोरै स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिमी भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहको छ । उच्च हिमाली भूभाग हरुमा हिमपात को नि सम्भावना रहेको छ ।उच्च हिमाली भूभागहरुको थोरै स्थानहरुमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

रवि लामिछानेलाई बदनाम बनाउँन यस्तो ग्राइन डिजाइन !
एकाएक हटकेक विषय बाहिर आयो चर्चित संचारकर्मी न्युज २४ टेलिभिजन बाट प्रसारित हुने सिधा कुरा जनता सँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने र उक्त कार्यक्रममा प्रोडुसर दिपक बोहोरा विच कुटाकुट भएको भनेर । जेठ महिनाको एक सोमबार राती होटल याक एण्ड यती मा रवि लामिछानेले प्रोडुसर दिपक बोहोरा माथी हातपात गरेको दावी सहित विभिन्न अनलाइन समाचा प्रोटलमा समाचार बाहिर आएपछि उक्त कुराले सनसनी मच्चीएको छ । एक कान दुई कान मैदान हुँदै उक्त कुराले व्यापकता पाएको छ ।

नेपाली संचार जगतमा कृृृष्ण र अर्जुन जस्ता दिपक र रवि विचको उक्त कुरा प्रसंशकहरुलाई अतिनै अस्वाभाविक र अनेपेक्षीत त थियो नै उक्तिकै अप्रिय पनि । दिपक र रविको कुटाकुट भएको भन्ने विषय आगो सरी फैलिए पछि प्रोडुसर दिपक बोहोराले यस विषयमा स्पष्ट पारेका छन् । समाजिक संजाल फेसुबुकमा एक स्टाटस लेख्दै बोहोराले कतिपय मानिसहरु रवि लाई र आफुलाई फुटाउँन लागीपरेको तर उनिहरुको सपना पुरा नहुने स्पष्ट पारेका छन् । केहि अनलाइन हरुले आफुहरु विच झगडा बनाउँने नियतका साथ सम्प्रेषण गरेको उनको आरोप थियो । उनले लेखेका छन् ‘केही अनलाईनहरुले रवि दाई र मेरो झगडा भएको भनि गलत प्रचार गर्दैछन् । हाम्रो झगडा होस भन्ने उनिहरुको ईच्छा कहिले पुरा हुदैन् । हामी बर्षौ अझै संगै मिलेर काम गर्नेछौ । सिधा कुरा जनतासंग एउटा टेलिभिजन कार्यक्रम मात्र होईन, यो एक सोच हो, यो कहिले बन्द हुदैन् ।

पछिल्लो समय रवि लामिछाने विरुद्ध चौतर्फी आक्रमणको प्रयास भइरहेको छ । साना साना कुरामा पनि रविको आलोचना गर्ने , भाइरल बनाउँने अनि आम जनमानसमा रहेको उनको क्रेजलाई कम बनाउँने षड्यन्त्र सुरु भएको आकलन गरिएको छ । मानवीय रुपमा केहि कमजोरीहरु जसको पनि हुन्छ , त्यसैमा टेकेर रविलाई बदनाम बनाउँन ठुलै सांजाल दिनरात लागीरहेकोे आकलन गरिएको छ । रविले कार्यक्रम मार्फत भ्रष्टाचारी , घुसखोरी ,दलाल , माफीयाहरुको निद हराम गराएको धेरैलाई चित्त बुझेको छैन त्यस कारण कसरी रविलाई बदनाम बनाएर कमजोर बनाउँन सकिन्छ भन्दै सुनियोजित खेतिपाती चलिरहेको बताइएको छ ।

केहि दिन अघि मात्रै पनि उर्जा मन्त्री बर्षमान पुनले रविलामीछानेलाई भ्रष्टाचारी भनेको भन्दै फोटोसप बाट पत्रिकाको जस्तै समाचार बनाएर बनदाम गराउँने असफल प्रयास भएको थियो , पछि मन्त्री पुन आफैले समेत उक्त कुरालाई खण्डन गरेका थिए । रविलाई बदनाम बनाउँन अनेक षड्यन्त्र गरिरहेको टिमलेनै कुनै पनि हिसाबमा रविलाई कमजोर बनाउँन नसेके पछि उनिहरुको टिममानै भाँडभैलो मच्चाएर कार्यक्रमलाईने बन्द गराउँने सम्मको डिजाइनमा रवि र दिपक विच कुटाकुट भन्दै हल्ला चलाउँन खोजेको आशंका गरिएको छ ।

केहि समय अघि सिधा कुरा जनता सँग कार्यक्रमका प्रोडुसर दिपक बोहोराले सामाजीक संजाल फेसबुकमा एउटा स्टाटस लेखेका थिए जसले गर्दा पनि विरोधीहरुलाई खेल्न सजिलो भएको थियो । बोहोराले आफ्नो फेसबुक वालमा अब पत्रिकारीता पुग्यो जस्तो छ , अबको समय फेमीली विजनेस , फेमीली टाइम भनेर लेखेका थिए । सोही स्टाटसका आधारमा रवि र दिपको सम्बन्ध विग्रीएको आकलन गर्दै विभिन्न प्रचारवाजी गराइएको थियो । अन्तत फेरी पनि दिपक र रविलाई भिडाएर फाइदा लिन खोज्नेहरु फेरी एक पटक होरका छन् विभिन्न काण्डमा उनिहरुलाई लडाउँन खोज्दा उनिहरु झन् एकतावद्ध बनेर अगाढि बढ्ने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार