भत्ता खाएर कहाँ गए सांसद ? हेर्नुस् त देशकै बेइजत!

जनताले चुनाव जिताएर सांसदहरुलाई आफ्नो प्रतिनिधीत्व गर्दै सदनमा पठाएका छन् तर सांसदलाई सदन भन्दा अरुनै प्यारो भएपछि के हुन्छ ? आजको प्रतिनिधीसभाको बैठकको हरिविजोग हेर्दा राम्रो सँग थाहा हुन्छ । सांसदहरुले यति सम्म बदमासी गरेका छन् की संसद बैठकमा आउँने हाजिर गर्ने भत्ता पक्का गर्ने अनि पुरा बैठकमा नबसी अर्कै काममा निस्किहाल्ने प्रवृती ह्वातै बढेको छ ।

आजको प्रतिनिधी सभको बैठकमा पनि त्यस्तै भया बैठकमा सभामुख कृष्णबहादुर महराले लगातार ३ मिनेट घन्टी बजाएका छन् । महराले कुनै देवीदेवताको पूजापाठ तथा आरती उतार्नका लागि सो घण्टी बजाएका भने होइनन् । विधेयक पास गर्ने बेला संसद कार्यकक्ष पूरै रित्तो भएपछि उनले गणपुरक संख्या पत्ता लगाउनका लागि घण्टी बजाएका हुन् ।

सांसद देवप्रसाद तिमिल्सिनाले संविधानको धारा ९४ अनुसार गणपुरक संख्या पूरा नभएसम्म यो विधेयक पारित हुन नसक्ने भन्दै गणपुरक संख्या पत्ता लगाउन आग्रह गरेका थिए । सांसद तिमिल्सिनाको आग्रहपछि सभामुखले ३ मिनेट घण्टी बजाएका हुन् ।

सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टर भेलिङ विधेयक, २०७६ को दफा १ देखि ५ सम्म निर्णयार्थ पारित गन आग्रह गर्नेबित्तिकै सांसद तिमिल्सिनाले सो माग गरेका थिए । ३ मिनेट घण्टी बजाउँदा संसदका कूल सदस्य २ सय ७५ मध्ये ४१ सांसद मात्र उपस्थित थिए ।

संविधानको धारा ९४ अनुसार कुनै पनि विधेयक पारित हुन संसदको कम्तिमा एक तिहाई संख्या ६९ हुनुपर्ने थियो । गणपूरक संख्या नपुगेपछि सभामुख महराले १५ मिनेटका लागि बैठक रोके । बेलाबेलामा गणपुरक संख्या नपुगेर सदन बैठकनै स्थिगित गरिएका थुप्रै उदाहरणहरु रहेका छन् । यस बिषयमा सांसदहरुलाई जति सचेत गराएपनि उनिहरु सुध्रिएका छैनन् । बाहिरै भएर नआउँनु त छुट्टै कुरा हो तर बैठकम आउँने हाजिर गरेर भत्ता पचाएर हिढ्ने अनि त्यही कारणले सदनको काम अवरुद्ध हुने चाँही ठुलो रोगको रुपमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार