ईश्वर पोखरेलले पूर्वराजा भेटेको सुचना दिने बोहोरा माथि हातपातको प्रयास !

प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागी सिंगापुर जाने ठिक एक दिन अघि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाह सँग भेट गरेको खबरको सुुचना मिडियाहरुमा दिने हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहोरा माथि हातपातको प्रयास भएको छ । निर्मल निवास नजिकै अहिले दिउँसो ३ बजेर १५ मिनेटमा आफुलाई शिवसेना नेपालको कार्यकता बताउँने व्यक्तिहरुले लछार पछार गरेर कुटपिटको प्रयास गरेको बोहोराले ओटीभी नेपाललाई जानकारी दिए ।

राजालाई गद्दार भन्ने तँइ होइनस भन्दै उनिहरुले हातपात गर्न खोजको तर धेरै मानिस जम्मा भएर हेर्न थालेपछि उनीहरु हच्किएका थिए । निर्मल निवास बाट इश्वर पोखरेल निस्कीएको देख्ने प्रत्यक्षदर्शी थिए बोहारा । पछि पोखरेलको सचिवालयले उनी नेपाल टस्टको सम्पत्ती निरीक्षण गर्न दावी गर्दै तस्बिर सार्वजनिक गरेको थियो । रोचक कुरा त के छ भने हरेक दिनचर्याको तस्बिर सार्वजनिक गर्दै आएका पोखरेलले त्यस दिनको तस्बिर भने चर्को विरोध भएपछि मात्रै सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार