रवि पक्राउ परे पछि के भने प्रेम बनियाँले ?

न्युज २४ टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम संचालन गर्दै आएका चर्चिच संचारकर्मी रवि लामिछानेलाई गए राति प्रहरीले पक्राउ गरेपछि सामाजिक संजाल तातेको छ । विश्वभरबाट रविका समर्थनमा समर्थकहरुले आवाउ उठाइरहेका छन् । यसैविच हाल अमेरिकामा रहेका न्युज २४ टेलिभिजनका पूर्व पत्रकार प्रेम बानियाँले मुख खोलेका छन् । बानिँयाले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै रविलाईअतिदेवत्वकरण र अति राक्षसिकरण गर्न आवश्यक नभएको भन्दै अदालतको निर्णय प्रतिक्षा गर्न अनुरोध गरेका छन् । समाजिक संजाल फेसबुकमा बाँनियाले लेखेका छन्
रबिजी प्रकरणमा प्रचलित कानुनको सम्मान गर्दै ।।।

नम्बर १, आत्महत्या गरेको मान्छेको पकेटभित्रको मोबाइलमा रहेको भिडियो ुइडिटेड भर्सनुमा सार्वजनिक गर्ने कुन प्रहरी अधिकारी हो रु उसलाई कारबाही हुनुपर्छ कि पर्दैन रु यो त अनुसन्धानको विषय थियो र प्रहरी अधिकारीबाहेक अरु कसैले यो सार्वजनिक गर्नै सक्दैनरमिल्दैन १ यदि अपराध पुष्टि भयो भने मात्रै प्रहरीले यसलाई सार्वजनिक गर्न पाउने अन्तर्राष्ट्रिय प्रचलन किन भुलियो रु कुल २३ मिनेटको भनिएको भिडियोमा खोई बाँकी भिडियो रु अरु पनि त आरोपित हुनसक्छन् र?

नम्बर २, भोलि, कोही कसैले कथम्कदाचित, प्रधानमन्त्री ओली, प्रचण्ड वा देउवाका नाममा तिम्रा कारण मैले आत्महत्या गरेको हूँ भनेर पासो लगायो भने उहाँहरु जेल जानुपर्छ कि पर्दैन र?

नम्बर ३, जनहितसम्वन्धि कार्यक्रम प्रशारणको अन्तिम तयारीमा रहेकावेला एउटा पत्रकारलाई कार्यक्रम नै प्रस्तुत गर्न नदिई न्यूजरूमबाट केवल डेढ घण्टाअगाडि टेलिभिजन स्टेशनमै गएर पक्राउ गर्दा के त्यो न्यायिक हुन्छ रु जबकि उसले सार्वजनिकरुपमा भनिसकेको छ ुयदि म दोषि ठहरिए कानुनबमोजिम कारबाही भोग्न तयार छु ।ु भोलि फेरि कसैलाई यस्तै पर्यो भने ।।। रुरुरु

नम्बर ४, नेपाली पत्रकारितामा यो ुग्याङ्फाइटुको इतिहासले नेपाली समाजलाई अति(तल गिराएको छ, यसमा हाबि अतिवाद् रबिजी बिरोधी र समर्थकले समाजको रंग कुरुप देखिएको छ १ अब एउटा बिन्दूमा हामी सबै मिलौं । पत्रकारिता अब सूत्रभन्दा माथि आयो कृपया, सबैले बुझौं ।

यी चार सवालहरुका साथ हामी संसारभरबाट बोल्न तयार छौं । के यी प्रश्नहरु गलत छन् रु अब दुनियाँ साँघुरो भइसक्यो । हामी न्यायका निम्ति जहाँसुकैबाट बोल्न तयार छौं ।

कृपया रबिजीलाई ‘अतिदेवत्वकरण र अति राक्षसिकरण नगरौुं संयमतापूर्वक सम्मानित अदालतको निर्णयको प्रतीक्षा गरौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार