ओली सिंगापुर उडे लगत्तै सुटुक्क खुमलटार छिरे माधव नेपाल

प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागी सिंगापुर प्रस्थान गरेको भोलीपल्टै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच प्रचण्ड विच खुमलटारमा भेटवार्ता भएको छ । ओली सिंगापुर जानु अघि नेपाल र ओली विच निकै तल्लो स्तरमा भनाभन भएको विषयले अहिले नेपाली राजनिति तातेको छ । ओली उडे लगत्तै हतार हतार भएको प्रचण्ड नेपालको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रचण्डलाई भेट्न नेपाल विहान ७ बजेनै खुमलटार पुगेका थिए । दुई नेता विचको छलफलमा केहीबेर नेता जनार्दन शर्मा पनि सहभागी भएका थिए ।

पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अधिकार दिएर उपचारका लागि सिंगापुर गएको भोलिपल्टै प्रचण्डले सक्रियता देखाएका हुन् ।

ओली र प्रचण्ड एक खेमामा आएपछि एक्लिएका नेता माधव कुमार नेपाललाई हालैको नेकपाको बैठकले वरिष्ठ नेताबाट घटुवा गर्ने निर्णय गरेको थियो । त्यसपछि बिहीबार सबेको सचिवालय बैठकमा ओली र नेपालबिच ‘भनाभन’ कै अवस्था आएको थियो ।

प्रचण्ड नेता नेपाललाई सहमतिमा ल्याउने प्रयासमा रहेको बताइन्छ । ओली र नेपालबिच कटुता बढ्दै गएको परिवेशमा पार्टीमा शक्तिशाली बन्दै गएको देखिएका प्रचण्डको प्रयासलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री ओली तथा पार्टीका अध्यक्ष ओलीले स्वाथ्योपचारका लागि सिंगापुर जानुअघि बिहीबारको सचिवालय बैठकमा आफ्नो अनुपस्थितिमा पनि पार्टीका सम्बन्धमा महत्वपूर्ण कार्यकारी निर्णय लिन प्रचण्डलाई अधिकार सुम्पेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार