वानेश्वरमा पुण्य गौतम माथी हमला (भिडियो सहित)

नेकपाका युवा नेता पुण्य गौतम माथी शनिवार दिउँसो वानेश्वर चोक नजिक रवि लामिछानेको समर्थनमा चलिरहेको सभामा सम्बोधन गर्ने क्रममा हमला भएको छ । शनिवार दिउँसो कोणसभालाई सम्बोधन गर्ने क्रममा भिड बाट चर्को नाराबाजी गर्दै बोतल प्रहार प्रहार भएको थियो । सिंगापुरमा स्वास्थ्य उपचारका लागी रहेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य लाभको कामना गर्ने वित्तिकै भिडले गौतम माथि बोत्तल प्रहार गरेको थियो ।

स्थिती असामान्य भएपछि उनी स्टेज छोडेर बाहिरिएका थिए । नेपाल प्रहरी र उनका समर्थकको सहयोगमा गौतम बाहिरिएका थिए । आफु माथी भएको हमलाको बिषयमा ओटीभी नेपालसँग कुराकानी गर्दै गौतमले आफुलाई राजवादी मण्डलेहरुले घुसपैठ गरेर हातहाल्ने प्रयास गरेको बताएका छन् । उनले यस बिषयमा अरु थुप्रै रहस्य पनि खुलासा गरेका छन् ।
हेर्नुस् स्टेजमै हमला भएपछि गौतम सँग ओटीभी नेपालले लिएको ताजा अन्तवार्ता

प्रतिक्रिया

सम्बन्धित समाचार