रेशम चौधरीलाई सम्झिएर बैध फायर

टीकापुर प्रकरणमा मुछिएर जेलमा रहेका निलम्बीत सांसद रेशम चौधरीको विषयमा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले मुख खोलेका छन् । विवादका विच संसद पदको सपथ गराएर फेरि निलम्बनमा परेका चौधरीलाई सरकाले अन्याय गरेको भन्दै बैधले चौधरीलाई न्याय दिनु पर्ने बताएका छन्

टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए । ७ भदौमा टीकापुरमा भएको थरुहट सम्मेलनबाट फर्किएका वैद्यले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बैद्यले भने, ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो, उनी अन्यायमा परेका छन् ।’

थारु समुदाय सामन्तवाद, सुदूरपश्चिम र मधेसीको चुपुवामा परेको उनको दाबी छ । टीकापुर घटनाको अर्को दिन थारु समुदायमाथि राज्यले निर्मम दमन गरेको भएपनि त्यसबारे कसैले नबोलेको क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यको भनाइ छ ।

अर्को एक प्रशंगमा उनले वर्तमान सरकारले कम्युनिष्टको बद्नाम मात्र गरेको टिप्पणी गरे । सरकारको परराष्ट्र र कूटनीतिक सम्बन्ध अपारदर्शी र शंकास्पद रहेको उनको दाबी छ । अमेरिकाको इण्डो प्यासिफिक अन्तर्गत सैन्य साझेदारी रणनीतिमा वर्तमान सरकारको भूमिका शंकास्पद देखिएको वैद्यको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार