ओली सरकार भारत सामु कर्कलाको पात जसरी लत्रियो :केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी ओली ओली नेतृत्वको वर्तमान सरकार भारतका सामु घुँडा टेकेको आरोप लगाएका छन् । लैनचौर बाट आएको एउटा पत्रले ओली सरकार कर्कलाको पात लत्रिएको जसरी लत्रिएको बताए। आज संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष केसीले ओली सरकारले भारतका सामु सत्ता टिकाउँनका लगी लचारी गरिरहेको पनि बताए ।

अन्तसंवादमा बोल्दै केसीले भारतले कस्मिर माथी आक्रमणको विषयमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै यसलाई भारतको आन्तररिक मामिला हो भनेर समर्थन गर्ने हो भने भोली भारतले नेपाल माथि आक्रमण गर्यो भने अरु देशले यो त भारतको मामला हो भनेर अरु देश चुप लागे भने के गर्ने भनेर प्रश्न पनि गरेका छन् । केहि समय अघि भारतको गुप्तचर एजेँन्सी रअका प्रमुख नेपाल आउँने वित्तिकै आफुहरुलाई केहि अनिष्ट हुँदैछ भन्ने अनुमान भएको नभन्दै त्यसको १० दिनमानै भारतले कस्मिर माथी भारतले आक्र्रमण गरेको बताए । रअका प्रमुखले नेपालका नेताहरुलाई हामी कास्मिर माथि आक्रमण गर्दै छौँ तिमिहरु केहि नबोल्नु भनेर मन्त्रिएर गएको केसिले बताए ।

फरक प्रसगमा अध्यक्ष केसीले हिजो आफुहरुले संघियताको विराध गर्दा चित्रबहादुर केसी एक्लो वृहस्पतीले संघियताको विरोध गरेर केहि हुन्न भन्थे तर आज संधियताकै कारण देश डुब्ने अवस्था आएकाले दलहरुलाई संघियता टोक्नु न बोक्नु भएको बताए । ठुला दललाईं पनि संघियता मन नपरेको तर परिवन्धमा परेर उनिहरु त्यो भन्न सक्ने अवस्थामा नरहेको केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार