मुख सम्हालेर बोल्नुस भन्ने करिस्मालाई डा केसीले दिए कडा जवाफ

केहि समय अगाडी राजनितिक विश्लेषक डा सुरेन्द्र केसीलाई मुख सम्हालेर बोल्नुस भनेकी नायिका करिस्मा मानन्धरलाई अन्तत डा केसीले मुखभरीको जवाफ फर्काएका छन् । ओटीभी नेपाल डट कमको ओटीभी विशेषमा कुराकानी गर्दै विश्लेषक डाक्टर केसीेले आफु मास्टर भएका कारण सबैले हेप्ने गरेको बताएका छन् । करिस्मा प्रति लक्षित गर्दै उनले रवि लामिछानेका समर्थकलाई त भेडा भन्न सक्ने करिस्माले मलाई त किन नहेपुुन भनेरन दुखेसो गरेका छन् आफुले जनताको पक्षमा बोल्दा पटक पटक कुटाई खानु परको स्मरण गर्दै डा केसीले केहिले विद्यार्थीले त कहिले कहिले अराजक तत्वले पटक पटक आफु माथि हातपात गरको खुलासा गरेका छन् ।

केहि समय अगाडि नायिका मानन्धरले केसी माथि कडा टिप्पणी गर्दै आइन्दा मुख सम्हालेर बोल्न चेतावनी दिएकी थिइन् । त्यस पछाडि यस विषयमा मौन बसेका डा केसीले अन्तत मुख खोलेका छन् । आजभोली कम मात्र मिडियामा देखा पर्ने गरेका विश्लेषक केसीले कतिपय आफुले बोल्दै नबोलेका कुराहरु पनि भाइरलेहरुले भाइरल बनाईदिँदा आफुलाई अप्ठेरो परेको पनि बताएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो छोरा प्रकाश दाहालको नाममा भएको सम्पत्ती लुकाउँन दुवइ गएको भनेर डा केसीले अन्तवार्ता दिएको बिषयमा पनि उनले उक्त कुरा पनि आफुले भन्दै नभनेको ठोकुवा गरे । सामाजिक संजालमा आएका कुरा मात्रै आफुले स्मरण गरेको तर भाइरलेहरुको सिकार हुनु परेको उनले बताए ।

समसामयिक राजनितिक विषयमा राजिनितिक विश्लेषक डाक्टर सुरेन्द्र केसी सँग ओटीभी नेपाल डटकमका लागी शिवशक्ति आचार्यले गरेको भिडियो कुराकानी हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित समाचार