प्रधानमन्त्री स्वदेश फर्किए , विमानस्थलमा कुरेका पत्रकार जिल्ल !

स्वास्थ्य उचपारका लागी सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्केका छन् । स्वास्थ्योपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली केहीबेर अघि त्रिभुवन विमानस्थलमा ओर्लेका छन् । विमानस्थलमा प्रधानमन्त्रीलाई कुरीरहेका पत्रकरालाई कुनै प्रतिक्रिया नदिइ ओली सिधै वालुवाटार गएका छन् ।

यस अधि पनि सिंगापुर बाट फर्कदा ओलीले पत्रकारलाई कुनै प्रतिक्रिया नदिई बालुवाटार पुगेर टुइट गरका थिए । उनी थाई एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनी भदौ पाँच गते उपचारका लागि सिंगापुर गउका थिए ।उनको उपचार प्रक्रिया गत बुधबार सकिएको थियो । प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतले विमानस्थलमा स्वागत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार