एनआइसी एसियाको बदमासी छताछुल्ल, ग्राहक भन्छन् ‘साथी भनेको दुस्मन परेछ’

बैक पनि साथि पनि ,हाम्रो पनि राम्रो पनि भन्दै आक्रामक विज्ञापन गरिरहेको एन आइसी एसिया बैकका बदमासीका पर्दाहरु विस्तारै खुल्दै गइरहेको छ । निजि क्षेत्रको सबै भन्दा ठुलो बैकको बदमासी पनि ठुलै रहेछ । ओटीभी नेपाल डट कमले उक्त बैकका बदमासीहरु पर्दाफास गरिरहेको छ । केहि दिन अघि चेक बुकमा बैकको बदमासीका कारण पाएको दुख प्रमाण सहित प्रकाशित भएपछि सो बैक बाट दुख पाएका अन्य ग्राहकहरुले पनी यस बारेमा मुख खोल्न थालेका छन् । सामाजिक संजाल फेसबुकमर्फत रक्तिम लामा नाम गरेका एनआइसी एसिया बैंकका ग्राहकले आफू ठगीएको भन्दै लेखेका छन, ‘म पनि पिडित छु बनेपा शाखाबाट । खाता खोलेर १५०० बचत गरेको थियो । मेरो खाता नम्बर नै देखाएन भनेर बचत गर्नु पर्ने पैसा लिन अस्विकार गयो ।’

त्यस्तै अर्को भत्तपुरका ग्राहक सागर गिरीले आफूपनि बैंक पिडित भएको बताएका छन । उनले बैंकले खाता खोलेर जम्मा गरेको लामो समयसम्म चेक बुक नदिएको र आफूलाई समस्या पर्दा पनि बैंकले आफ्नो पैंसा अनाबश्यक होल्ड गरेको गुनासो गरेका छन । एनआइसी एसिया बैंककै ग्राहक भएको बताउने अर्को एक जना ब्यक्तिले बैंकमा गुनासो गर्दा पनि सुनुवाई नभएपछि आफूले म्यानेजरकै अगाडी काजग पत्रै च्यातेर हिडेको बताएका छन । अच्युत तिवारी नाम गरेका ब्यक्तिले भनेका छन, ‘म पनि पीड़ित हुँ । बाल शिक्षा खाता खोल्दा बीमा हुने भनिएको थियो, बीमाको निमित्त सम्पूर्ण प्रक्रिया पूरा गर्दा पनि बीमालेख जारी गरिएन, बारम्बार प्रश्न गर्दा अझै उनिहरुकै कुरो ठुलो भए पछि मैले त्रिपुरेश्वर शाखामा गएर ब्रान्च मेनेजरको समुन्ने कागजपत्र च्यातेर खाता बन्द गरेको इतिहास छ । यो बैंक वास्तवमा भन्नु पर्दा बणिज्य बैंकको नाममा केहि फटाहा सहकारी जत्तिकै अविश्वसनीय र कर्मचारी टोले गुण्डा पाराका छन् ।’

यो पनि पढ्नुहोस्

७२ करोड राजश्व चुहावटको आरोेप सहित एनआइसी एसिया

बैंक विरुद्ध उजुरी

उता फेसबुकका पेज तथा ग्रुपहरुमा पनि एनआइसी एसियाका कर्तुहरु छलाछुल्ल भएका छन । रोहित डङ्गोल नाम गरेका एक जना ग्राहकले आफूलाई बैंकले खुलेयाम लुटेको बताएका छन । उनले बैंकलाई तिर्न पर्ने सबै रकम भुत्तानी गरिसक्दा पनि जग्गा फिर्ता नदिएको भन्दै आफूलाई नराम्रोसंग बैंकले ठगेको फेसबुकमा कमेन्ट गरेका छन ।

यो पनि पढ्नुहोस्

जवाफदेही बैंक भन्दै ग्राहकलाई यसरी पङ्गु बनाउँदै छ

एनआइसी एसिया बैंक

बैकको गलत रबैया बाट उकुसमुकुस भए पनि बोल्न नसकेका ग्राहकहरुले अब भने निर्धक्क बोल्न थालेका छन् । स्वस्फुर्त रुपमा ग्राहकहरुले बदमासी पर्दाफास गर्न थालेपछि बैक व्यबस्थापनमा छटपटी सुरु भएको स्रोतले बताएको छ । यता एक नागरिकले ७२ करोड राजस्व चुहावटको आरोप सहित राजस्व अनुसन्धान विभागमा एनआइसी एसिया बैक विरुद्ध उजरी दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार