निकै नै मार्मिक गीत “पश्चातापले जलाउला” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – नेपाली गीत संगीतको बजार खुम्चिंदै गए पनि नेपाली गीत सांगीतमा लाग्न चाहने र नयाँ–नयाँ गीत र भिडियोहरु निर्माण गर्ने क्रम भने घटेको छैन ।

राजु बिरही र ज्ञानु लामाको स्वरमा रहेको मार्मिक लोक तथा दोहोरि गीतको भिडियो सार्बजनिक गरिएको छ । पश्चातापले जलाऊला बोलको गीतमा मिना लामाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मिना लामा,बिकाश बस्नेत र उत्तम महर्जनको अभिनय रहेको छ । पश्चातापको पिडाको बारेमा भिडियोमा देखाउन खोजिएको छ । मार्मिक गीत र भिडियो पनि राम्रो बनेकोले दर्शक श्रोताले मन पराउनेमा निर्माण टिम आशाबादी देखिएको छ ।

बिरेन्द्र भाट विपिनको छायांकन र सम्पादन रहेको भिडियोलाइ मिना लामा र बिरेन्द्रले निर्देशन गरेका हुन् । राजकुमार महर्जनले निर्माण गरेको भिडियोमा बिछोडको कथा लाइ प्रस्तुत गर्न खोजिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार