तेजस रेग्मी र प्रतिक्षा वाग्लेको ‘भमराको हुल’ सार्वजनिक

काठमाडौँ – गायक तेजस रेग्मी र गायिका प्रतिक्षा वाग्लेको स्वरमा सजिएको तिज गीत ‘भमराको हुल’ सार्वजनिक भएको छ । तेजस रेग्मीकै शब्द संगीत रहेको गीत इनाक्षी इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा आशिष अबिरलको संगीत संयोजन रहेको छ ।

शिव बिकको निर्देशन रहेको भिडियोमा तेजस रेग्मी, पूजन घिमिरे, सुनिल शाही एलिना ठकुरी फिचर्ड छन । अजय रेग्मीरे छांयान्कन गरेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन ।

गीत उत्तिकै राम्रो र तेसमा झन भिडियो पनि उत्कृष्ट बनेकोले गीत दर्शकहरुले मन पराउनेमा आफुहरु ढुक्क रहेको इनाक्षी इन्टर्टेन्मेन्टका राम कंडेलले जानकारी दिए । पछील्लो समयमा इनाक्षी मार्फत उत्कृष्ट गीतहरु सार्वजनिक भैरहेका छन । केही समय अगाडि इनाक्षी मार्फत सार्वजनिक भएको ‘पिडालु’ बोलको गीतले युट्युबमा उच्च भ्युज पाउदै दर्शक श्रोताहरुको मन जितेको थियो ।
हेर्नुहोस् भिडियो

प्रतिक्रिया

सम्बन्धित समाचार