अम्बिका गुरुङको ‘टेलिफोनको टावर’

काठमाडौँ – गीतकार अम्बिका गुरुङका गीतले दर्शकको मन छोइरहेका छन् । स्टेज गीतदेखि दर्शकको मनमा छुने गीत लेख्नमा गुरुङ सिपालु छिन् । उनै, गीतकार अम्बिकाले ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।
यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राईलाई फिचरिङ गरिएको छ । गीतमा लेखु सहयात्री र मेलिना राइको स्वर, दिपक शर्माको संगीत छ ।

यो गीतले विशेषगरि, केटाकेटीको रोमान्टिक प्रेम देखाउँछ । गीतकार गुरुङले दर्शकको मुखमा झुन्डिने शब्दहरु कोरेकी छिन् । भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राइको जोडी सुहाएको छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । विधानले यसअघि पनि थुप्रै गीतको भिडियो तयार पारिसकेका छन् ।

राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारी र टिमको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार